पाठ्यक्रम विकास केन्द्र ले यही शैक्षिक सत्र बाट लागु गर्ने गरी सम्पूर्ण कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम निकालेको कुरा हामी सबैलाई अवगत नै छ तर अब को पाठ्य क्रममा कुन कुन ऐच्छिक विषय रहने छन् र कुन कुन अनिवार्य रूपमा पढाइने छ भन्ने जिज्ञासा रहेको हुन सक्छ र साथै कक्षा ११/१२ को पाठ्यक्रम कत्तिको फराकिलो छ बुझ्न को लागि पनि यो आत्य आवश्यक जानकारीको रूपमा रहेको छ ।
A logo written Curriculum in it


कक्षा ११ मा पढ्नुपर्ने विषयहरु र ध्यान दिनुपर्ने कुराहरु:

#ऐच्छिक पहिलो पत्र ( कुनै एक विषय):
भौतिक विज्ञान, लेखा विधि, ग्रामीण विकास, विधिशास्त्र र कानुनी सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद विज्ञान सिकाइ, मनोविज्ञान, इतिहास, लैंगिक अध्ययन, अतिथि सत्कार व्यवस्थापन, बालीविज्ञान, प्राकृतिक चिकित्सा, मानव मूल्य शिक्षा, मूर्तिकला

 #ऐच्छिक दोस्रो पत्र  ( कुनै एक विषय):
जीव विज्ञान, शिक्षा र विकास, भूगोल, कार्यविधि कानुन, समाजशास्त्र, आयुर्वेद, व्यवसाय अध्ययन, भाषा विज्ञान, राजनीतिशास्त्र, दर्शनशास्त्र, जनसंख्या अध्ययन, वागबानी, खाद्य र पोषण, नृत्य, कम्प्युटर विज्ञान

#ऐच्छिक तेस्रो पत्र (कुनै एक विषय):
रसायन विज्ञान, अर्थशास्त्र, पर्यटन र पर्वतारोहण अध्ययन, बजारशास्त्र, बुढ्यौली तथा स्याहार शिक्षा, योग, वाद्यवादन, सिलाइ तथा बुनाइ, संवैधानिक कानुन, पाककला, संस्कृति, फेसन डिजाइनिङ, मूर्तिकला, पशुपालन, पक्षीपालन र माछापालन, नेपाली, अंग्रेजी, मैथिली, नेवारी, हिन्दी, चिनियाँ, जर्मन, जापानिज, कोरियन, उर्दु, फ्रेन्च, हिब्रु, अरेबिक, संस्कृत

#ऐच्छिक चौथो पत्र:  (कुनै एक विषय लिदाँ वा कुनै पनि विषय नलिदाँ पनि हुने)
आमसञ्चार, गणित, प्रायोगिक गणित, वाणिज्य गणित, मानव अधिकार, पुस्तकालय तथा सूचना विज्ञान, गृह विज्ञान, वातावरण विज्ञान, साधारण कानुन, वित्तशास्त्र, सहकारी व्यवस्थापन, बौद्ध अध्ययन, प्रायोगिक कला, गायन, चित्रकला, रेशम खेती र मौरीपालन, सौन्दर्यकला र केशकला, औषधिजन्य जडीबुटी, प्लम्बिङ र वायरिङ, आन्तरिक सजावट, होटेल व्यवस्थापन

#अनिवार्य विषयहरु:
१.-नेपाली 
२.-अंग्रेजी 
३.-सामाजिक र जीवन उपयोगी शिक्षा

 नोट: ऐच्छिक चौथोबाट विद्यार्थीले कुनै पनि विषय नलिन पनि सक्छन्, नलिदा ६ ओटा र लिनुपर्दा पढ्नुपर्ने विषय संख्या ७ हुनेछ। 

 -प्रत्येक एेच्छिक बाट एउटा जुनसुकै विषय लिन पाए पनि स्नातक( bachelor) मा के पढ्ने र सो विषयहरु आफू पढ्ने विद्यालयमा छन् कि छैनन् भन्ने कुरामा विशेष ध्यान दिनुहोला। 

#विषय_छनोटका_आधार 

साधारण शिक्षातर्फ कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र  गणित विषय अध्ययन गर्न जिपिए १.६ प्राप्त गरी कक्षा १० मा पढेका अनिवार्य अंग्रेजी, गणित र  विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको  हुनुपर्ने छ । 

त्यस बाहेकका विषय अध्ययन गर्न जिपिए १.६ प्राप्त गरी कक्षा १० मा पढेका अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । 

प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ भने कक्षा ११ मा विद्यार्थी भर्ना लिन शैक्षिक वर्ष २०७६ कै आधारलाई निरन्तरता दिइने  भएको छ । 

पाठ्यक्रम विकास केन्द्र र नयाँ पत्रिकाको सहयोगमा  तयार ,,,,,